कञ्चनपुरमा सुक्खा बन्दरगााहको निर्माण केही दिनमा सुरु : मन्त्री भट्ट • Image Khabar Image Khabar


कञ्चनपुरमा सुक्खा बन्दरगााहको निर्माण केही दिनमा सुरु : मन्त्री भट्ट


इमेजखबर
१४ कार्तिक २०७७, शुक्रबार १७:१४

कञ्चनपुरमा सुक्खा बन्दरगााहको निर्माण केही दिनमा सुरु : मन्त्री भट्ट

कैलाली, कात्तिक १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकार सुदूरपश्चिम प्रदेशमा आर्थिक किकासका लागि लागिपरेको बताउनुभएको छ ।

शुक्रबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले केही दिनमा कञ्चनपुरमा सुक्खा बन्दरगााहको निर्माणकार्य सुरु हुने बताउनुभएको हो ।

मन्त्री भट्टले दोधारा-चाँदनी पुलको एक किलोमिटर पश्चिमतिर बन्दरगाह बनाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले बैतडीमा फलामखानी, दिपायल–खुटिया सुरुङमार्ग, चौकीडाँडा–फल्टुडे पक्की सडकमार्ग निर्माणको कार्य पनि अघि बढेको बताउनुभयो ।

मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमको पहिलो मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने निर्णय गराउन प्रधानमन्त्रीलाई दबाब दिइनेपनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्