Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


लकडाउन यता एक लाख २३ हजार ८ सय बढी नेपाली स्वदेश फर्किए


0
Shares

काठमाडौं । कोरोना महामारीका कारण गरिएको लकडाउन यता एक लाख २३ हजार ८ सय बढी नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीका अनुसार ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत चैत्र ११ यता विदेशबाट नेपालीहरु स्वदेश फर्किएका हुन् ।

मलेसियाबाट १७ हजार ९२४ जना, यूएईबाट ३५ हजार ९९२ जना, साउदी अरबबाट १७ हजार ३२२ जना, कतारबाट २३ हजार १३५ जना, कुवेतबाट नौ हजार ९२३ जना, ओमानबाट दुई हजार १२६ जना, बहराइनबाट एक हजार ३३९ जना नेपाली स्वदेश फर्किएको सीसीएमसीले जनाएको छ ।

स्वदेश फर्कनेहरुमा सबैभन्दा धेरै बागमती प्रदेशका १८ हजार ८९२ जना रहेका छन् ।