१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कोरोनाका कारण थप चार जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका दुई, चितवन र काभ्रेका एक एक जना छन् ।

चितवन मेडिकल कलेजमा उपचाररत दुईजना संक्रमितको आज मृत्यु भएको छ ।

चितवनको रत्ननगरपालिका– ९ का ८८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिन्ुभयो ।

उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । बुधबार उनमा संक्रमण पुष्टि भएको थियो ।

यसैगरी वुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

कार्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति मृत्यु भएको हो ।

डा.अधिकारीका अनुसार उनमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका समस्या थियो ।

यस्तै बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा आज मृत्यु भएको छ ।

कातिक १ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो ।

मृतक पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको डा गौतमले बताउनुभयो ।