
काठमाडौं । टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषण गरेको छ ।
राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो ।
यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि जनाएको छ ।
संकटकालीन अवस्थाको दौरान एक लाख भन्दा बढि व्यक्तिहरुलाई जागिरबाट पनि बर्खास्त गरिएको थियो ।
अहिले पनि झण्डै पचास हजार व्यक्ति थुनामा रहेको अन्तर्राष्ट्रि संस्थाहरुले बताएका छन् ।
थुनामा रहेका व्यक्तिहरुलाई अमेरिकामा निर्वासित इस्लामिक नेता फतेउल्लाहा गुलेनको समर्थक रहेको आरोप लगाइएको छ ।
सन् २०१६ मा भएको एक असफल सैन्य विद्रोहमा संसदलाई कब्जा गर्ने प्रयास गरिएको थियो ।
त्यसक्रममा झण्डै २ सय ५० भन्दा बढि व्यक्तिको मृत्यु भएको थियो ।
चुनावी दौरानको क्रममा विपक्षी उमेद्वारहरुले पनि संकटकालीन अबस्थाको अन्त्य गर्ने विषयलाई मुद्दा बनाएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्