 
	    चौतारा, कात्तिक १२ । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।
बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड-१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।
दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।
नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ ।
यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्