सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हरायो, राशिद खानको किफायति बलिङ • Image Khabar Image Khabar


सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हरायो, राशिद खानको किफायति बलिङ


Imagekhabar
१२ कार्तिक २०७७, बुधबार ०६:४२

सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हरायो, राशिद खानको किफायति बलिङ

काठमाडौं । इन्डियन प्रिमियर लीग आईपीएल टी–२० क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।

हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।

कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए । दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए ।

यस्तै सन्दीप शर्मा र टी नटराजनले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए ।

दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १र१ विकेट लिए । हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।

जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ भने हैदराबाद छैटौं स्थानमा उक्लिएको छ ।

हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ । दिल्लीले १२ खेलमा ७ जितसहित १४ अंक जोडेको दिल्ली तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्