१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बस र भ्यान जुध्दा दुईजनाको मृत्यु, १८ यात्री घाइते, ८ गम्भीर


0
Shares

विराटनगर, साउन २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा बिहीबार बस र तरकारी बोकेको भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १८ जना घाइते छन् ।

मृतकमध्ये कानेपोखरी गाउँपालिका–३ का टिकाराम थापाकोमात्र सनाखत भएको छ ।

उनको उपचारकाक्रममा विराटनगर नोबेल मेडिकल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १८ मध्ये ८ जनाको अवस्था गम्भीर छ ।

कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४८४२ नम्बरको यात्रीवहाक बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको प्रहरीले जनाएको छ ।

तीनजनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

गम्भीर घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पथरीका डीएपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।