बौद्ध धर्मावलम्बीले २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाए • Image Khabar Image Khabar


बौद्ध धर्मावलम्बीले २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाए


इमेजखबर
१० कार्तिक २०७७, सोमबार १८:२१

बौद्ध धर्मावलम्बीले २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाए

काठमाडौं, कात्तिक १० । विश्वभरका बौद्ध धर्मावलम्बीले सोमबार २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् ।

कोरोना महामारीका कारण सीमितरुपमा औपचारिकताको लागिमात्र बौद्ध विहार, गुम्बा र अशोकस्तम्भ तथा शिलालेख भएको ठाउँमा बौद्धपाठ गरी शस्त्रअस्त्र परित्याग धम्म दिवस मनाइएको हो ।

बौद्ध धर्मावलम्बीहरु अशोक विजयादशमीको रुपमा शस्त्रअस्त्र परित्याग दिवस मनाउने गर्दछन् ।

इसापूर्व २६१ मा कलिंग युद्धमा सम्राट अशोक र उनका सेनाले एक लाखभन्दा बढी मानिस मारेको, लाखौंलाई घाइते तथा अपांग बनाएको र एक लाख ५० हजारभन्दा बढीलाई देश निकाला गरेको इतिहासमा उल्लेख छ ।

कलिंग युद्धबाट अशोक सम्राट चक्रवर्ती कहलाइएपनि सो युद्धमा भएको मानवीय क्षतिपछि विरक्तिएर अशोकले अस्त्र परित्याग गरेका थिए ।

त्यसपछि भिक्षु उपगुप्तबाट बौद्धधर्म ग्रहण गरी अशोकले विश्वभर बौद्धधर्म र शान्तिको प्रचार गरेको ऐतिहासिक तथ्य छ । यही दिनको सम्झनामा बौद्ध धर्मावलम्बीले अशोक विजयादशमी मनाउने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्