
काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा र उहाँकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीलाई कोरोना संक्रमण देखिएको हो ।
आज बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिनु भएको छ ।
केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन नेता नेताले अनुरोध गर्नुभएको छ ।
उहाँ होम आइसोलेसनमा हुनुहुन्छ । उहाँका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उहाँ पनि होम आइसोलेसनमा बस्दै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्