हैदरावादमाथि पञ्जावको १२ रनको रोमाञ्चक जित, दिल्ली क्यापिटल्स कोलकातासँग पराजित • Image Khabar Image Khabar


हैदरावादमाथि पञ्जावको १२ रनको रोमाञ्चक जित, दिल्ली क्यापिटल्स कोलकातासँग पराजित


Imagekhabar
९ कार्तिक २०७७, आईतवार ०६:५५

हैदरावादमाथि पञ्जावको १२ रनको रोमाञ्चक जित, दिल्ली क्यापिटल्स कोलकातासँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिगमा किंग्स ११ पञ्जावले हैदरावादमाथि १२ रनको रोमाञ्चक जित निकालेको छ ।

यो जितसँगै पञ्जावले प्लेअफको यात्रा कायमै राखेको छ भने हैदरावाद शिर्ष चारको यात्राबाट बाहिरीएको छ ।

गएराति टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनायो ।

पहिलो विकेटका लागि मन्दीप सिंह र कप्तान केएल राहुलले ३७ रनको साझेदारी गरेका थिए ।

मन्दीप सिंह १४ बलमा १७ रन बनाएर आउट भए । राहुलसँग मिलेर क्रिस गेलले पारि अघि बढाएका थिए ।

टिमको स्कोर ६६ रन भएका बेला गेल व्यक्तिगत २० रन बनाएर पभेलियन फर्किए । हैदरवादाका राशिद खान, ज्याशन होल्डर र सन्दीप शर्माले समान दुई दुई विकेट लिए ।

जवाफमा हैदरावादले निर्धारीत १९ ओभर ५ बलमा एक सय १४ रनमा अलआउट भयो । जितसँगै पञ्जावको ११ खेलमा १० अंक भएको छ ।

त्यसैगरी हिजै भएको अर्को खेलमा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग ५९ रनले पराजित भएको छ ।

कोलकाताले दिएको एक सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३५ रनमात्र बनाउन सक्यो ।

जितसँगै कोलकाता १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्