
प्रकाश लम्साल (इमेज)
बारा, साउन २ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले बुधबारदेखि सवारी निरीक्षण तथा सचेतना कार्यक्रम सुरु गरेको छ ।
सडक प्रयोगकर्ताहरुमा सुरक्षित सडक प्रयोगसम्बन्धी सचेतनाको अभाव र सवारी–साधनको यान्त्रिक गतिविधि दुरुस्त नराख्दा दुर्घटना बढेको भन्दै ट्राफिकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
प्रत्येक दुई सातामा प्रदेश नम्बर–२ का राजमार्गहरुमा नियमित कार्यक्रम गरिने कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीसहित सवारी प्राविधिकसमेत रहेका उक्त कार्यक्रममा करिब ५१८ ओटा विभिन्न सवारीका साधनहरुको यान्त्रिक गतिविधि चेकजाँच गरिएको थियो ।
कार्यक्रम सहभागी ट्राफिक प्रहरी तथा प्राविधिकहरुले सवारीचालक तथा यात्रीहरुलाई सुरक्षित यात्राका लागि परामर्शसमेत दिएका थिए ।
विगतमाजस्तो ट्राफिक प्रहरीले दन्ड, जरिवाना नगरी यान्त्रिक अवस्थाको निरीक्षण गरेर सचेत गराउने, सुरक्षित यात्राका लागि चालक र यात्रीलाई सचेत बनाउने अभियानकारुपमा प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर–२ पथलैयाले फरक ढंगबाट कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्