२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


मदिरामा लट्ठिएका ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर हत्या


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा आफ्नै ज्वाइँले सासूको हत्या गरेका छन् । शितगंगा नगरपालिकामा मदिरा पिएर मातिएका ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन् ।

दाङको राप्ती गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला शितगंगा–८ सातमाराकी ४३ वर्षीया सासू ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ । बसन्तलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका वसन्तले सोमबार राति सासूसँगै बसेर मदिरा सेवन गरेका थिए ।

सोही समयमा झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा सासूलाई झुन्ड्याएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।