स्वयम्भू गुम्बामा बुद्ध मूर्ति प्रतिस्थापन • Image Khabar Image Khabar


स्वयम्भू गुम्बामा बुद्ध मूर्ति प्रतिस्थापन


इमेजखबर
५ कार्तिक २०७७, बुधबार १८:०८

स्वयम्भू गुम्बामा बुद्ध मूर्ति प्रतिस्थापन

काठमाडौं, कात्तिक ५ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको स्वयम्भू महाचैत्यअगाडि रहेको गुम्बामा बुद्ध र बुद्धधर्मसँग सम्बन्धित मूर्तिहरु पुनःस्थापना गरिएको छ ।

डन्गन छोलिंग गुम्बाको पुनःनिर्माण भएपछि बुधबार मूर्तिहरु राखिएको हो ।

सो गुम्बा भूकम्पले क्षतिग्रस्त भएपछि किमन्डोलमा रहेको सान्गे छोलिंग गुम्बामा मूर्तिहरु राखिएको थियो । बौद्ध लामा र गुरुहरुले मूर्तिहरु बोकेरै गुम्बामा लगेको पुर्‍याएका थिए ।

हारती अजिमा मन्दिरअगाडि रहेको सो गुम्बा स्वयम्भूको पुरानो गुम्बामध्येको एक हो । जुन चीन, तिब्बत र मंगोलियालगायतका देशहरुमा समेत प्रसिद्ध रहेको छ ।

महायानी बौद्ध धमावलम्बीहरुको सो गुम्बा महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्