२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


उडिरहेको विमानसँग सर्वाधिक निकट साक्षात्कार, पर्यटकका लागि रोमाञ्चक अनुभव


0
Shares

ग्रीस, असार ३१ । ग्रीसको एउटा पर्यटकीय द्वीप मानव जीवनमै दुर्लभ मानिने एक प्रकारको अनुभूतिका लागि प्रशिद्ध छ ।

जमिनमा उभिएर पर्यटकले उडिरहेको विमानसँग सर्वाधिक न्यून दुरीमा साक्षात्कार गर्न पाउने भएकाले स्किथोस द्वीप पर्यटकका लागि छुट्टै आकर्षणको केन्द्र बनेको हो ।

सो द्वीपमा रहेको स्किथोस अन्तर्राष्ट्रिय विमानस्थलको रनवे समुद्रभन्दा केही मिटरकै दुरीबाट सुरु हुन्छ । समुद्र र रनवेको बीचमा सडक छ । सडककै किनारमा उभिएर पर्यटकले विमान अवतरणको अलौकिक दृष्यावलोकन गर्न पाउँछन् ।

जमिनमा उभिएका मानिस र रनवेमा टेक्नै लागेको विमानबीच सम्भवतः योभन्दा कम दुरीमा साक्षात्कार अन्यत्र सम्भव हुँदैन । आफ्नो शीरबाट ५/७ फिटमात्र माथि विशाल विमान उडेको दृष्य मानिसका लागि अभूतपूर्व र रोमाञ्चक हुन्छ ।

विमानस्थलको रनवे छोटो भएकाले पनि सो विमानस्थलमा अवतरण गर्ने क्रममा विमानले रनवेको सुरुवाती विन्दुमै जमिनमा ओर्लिसक्नुपर्ने बाध्यता भएको हो । (एजेन्सी)

भिडियो हेर्नुहोस्