२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वपदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा


0
Shares

काठमाडौं, असार ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति बीपी दाससहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकाहरुमा तत्कालीन उपकुलपति दास, अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापा र बहालवाला रजिष्ट्रार तुलबहादुर श्रेष्ठलगायत रहेका छन् ।

अख्तियारले दासविरुद्ध चार करोड ८ लाख ९८ हजार रुपैयाँको बिगो माग–दाबी गरेको छ ।

सिन्हाविरुद्ध तीन करोड ७५ लाख, थापाविरुद्ध एक करोड ९६ लाख र श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार रुपैयाँ बिगोसहित सजायको माग–दाबी अख्तियारले गरेको छ ।

उनीहरुले प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दामा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।