
चितवन, असार ३० । चितवनका विभिन्न होटल तथा लजहरुमा सोमबार चितवन प्रहरीले छापा मारेको छ ।
यौनजन्य क्रियाकलाप तथा शंकास्पद अवस्थामा रहेको भन्दै ९७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा ४२ जना पुरुष, ४३ जना महिला र १२ जना होटल सन्चालक रहेको चितवन प्रहरीका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्