२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाढीपीडितको उद्दार र राहतमा खटिन कार्यकर्तालाई कांग्रेसको निर्देशन


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर बाढीपीडितको उद्दार र राहतमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कुनै पनि पूर्वाग्रहबिना पीडितको उद्धार र राहतमा लाग्न आह्वान गरेका छन् ।

उनले मानवीय संवेदनामा राजनीति नगर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा जारी केन्द्रीय समिति बैठक नै स्थगित गरेर आफूहरु राहत र उद्दारको काममा लागेको भन्दै तल्ला समितिहरुलाई पनि सोही अनुसार गर्न भनिएको छ ।

सरकारले राहत तथा उद्धारमा गरेका कामको समेत प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले अनुगमन गर्ने सभापति देउवाले प्रस्ट्याएका छन् ।