२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


धनगढीमा देहव्यपारमा संलग्न ७ जना पक्राउ


0
Shares

-बिराज रोस्यारा/ईमेज

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिकाबाट देहव्यपारमा संलग्न रहेको भन्दै ७ जनालाई पक्राउ गरिएको छ ।

वडा नम्वर ५ हसनपुर स्थित बिकाश होटल र वडा नम्बर ३ स्थित होटल रोयल प्लालेसबाट ७ जनालाई पक्राउ गरिएको हो ।

होटल संचालक र व्यवस्थापकले चार जना युवतीलाई होटलमा काम गर्न भनी बोलाई होटलमा आएका ग्राहकहरुसंग यौन सम्वन्ध राख्न बाध्य पारेको भन्दै पक्राउ गरिएको हो ।

कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्वर २ बस्ने बर्ष २४ का अक्षय राना, भारत उत्तर प्रदेशका २४ बर्षकै मिलिंद त्यागी, सोही ठाउँका बर्ष २२ का बिश्वदिप बच त्यागी, कृष्णानगर भरतपुरका २६ बर्षीय अभिषेक सिंनसिनवार, कैलाली धनगढी ३ का २८ बर्षीय सदानन्द राना, ३६ बर्षीय रानशरण राना र ५० बर्षीय सन्तबहादुर थापा लाई पक्राउ गरिएको हो ।

होटलमा युवतीसंग भेटिएका युवकहरु, होटल सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।