३० असार २०८२, सोमबार | Mon Jul 14 2025


गण्डकी र बागमती नदीमा पानीको स्तर बढ्दा विहारका गाउँहरु डुबानमा


0
Shares

काठमाडौं । भारतको बिहारमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको छ । बाढीबाट १८ लाख मानिस प्रभावित भएका छन् ।

अविरल वर्षाले भारतको उत्तर प्रदेशमा रहेको बिरपुर बाँधको ढोका खोलेका कारण बिहारमा बाढी प्रवेश गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपालका गण्डकी र बागमती नदीको पानीको स्तर निकै बढेका कारण बिहारको सीतामढी र शिवहरका २ सय गाउँ डुबानमा परेका हुन् ।

घरभित्र बाढी पसेकाले हजारौं मानिसको जनजीवन प्रभावित भएको छ ।

यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले बाढीग्रस्त क्षेत्रको अवलोकन गर्नुुका साथै तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बाढी प्रभावितहरुले भने उचित राहत नपाएको भन्दै सरकारसँग तत्काल राहतको  व्यवस्था गर्न माग गरेका छन् ।