प्रहरी सहायक निरीक्षक विकको शव नदीमा भेटियो, एक जवान अझै बेपत्ता • Image Khabar Image Khabar


प्रहरी सहायक निरीक्षक विकको शव नदीमा भेटियो, एक जवान अझै बेपत्ता


Imagekhabar
२ कार्तिक २०७७, आईतवार १२:१०

प्रहरी सहायक निरीक्षक विकको शव नदीमा भेटियो, एक जवान अझै बेपत्ता

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन ।

हिजो रातिदेखि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव आज(आइतबार) बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परको हो ।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता छन् । चौकीबाट मोटरसाइकलमा गएका उनीहरु गएराति साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किलोमिटरको दूरीमा उनीहरु चढेको मोटरसाइकल फेला परेको र करिव तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको थियो ।

प्रहरीले तस्करहरुसँगको भीडन्तमा उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्