१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


दृष्टिविहीनहरुलाई राहत


0
Shares

काठमाडौं, कात्तिक १ । दसैंको बेला भोकै बस्नु नपरोस् भन्दै अभियन्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् ।

कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १५० दृष्टिविहीनहरुका लागि अभियन्ताहरुले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएका छन् ।

शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघ-संस्थाहरुको सहयोगमा उपत्यकामा बसोबास गर्दै आएका दृष्टिविहीनहरुलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको अभियन्ताहरुले बताएका छन् ।

सामाजिक अभियन्ता विमल पन्तले दसैंको बेला खानेकुराको समस्या नहोस् भन्ने उद्देश्यले महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघ-संस्थाको सहयोगमा करिब १५० दृष्टिविहीहरुलाई खाद्यान्न सहयोग गरिएको बताउनुभयो ।

कुनैपनि आयस्रोत नभएका र सडकमा गीत गाएर संकलन गरेको रकमबाट जीविकोपार्जन गर्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको पन्तले बताउनुभयो ।

राहतस्वरुप १५ दिनलाई पुग्ने नुन, तेल, दाल, चामल उपलब्ध गराइएको उहाँले बताउनुभयो ।