माननीयलाई छैन सुविधाको अभावः तलबमा मात्र ४२ करोड ८० लाख • Image Khabar Image Khabar


माननीयलाई छैन सुविधाको अभावः तलबमा मात्र ४२ करोड ८० लाख


Imagekhabar
१ कार्तिक २०७७, शनिबार ०६:३७

samsad

काठमाडौं । सांसदहरूलाई प्रत्येक महिनाको तलबबापत मात्रै ६४ हजार ७० रुपैयाँ जान्छ ।

आर्थिक वर्ष ०७६÷७७ मा प्रतिनिधिसभा, राष्ट्रिय सभा सदस्य र उनीहरूका पिएहरूको तलबमा ४२ करोड ८० लाख ८५ हजार तीन सय पाँच रुपैयाँ सकिएको छ ।

हरेक सदस्यले एकजना स्वकीय सचिव (अधिकृतस्तर) राख्न सक्ने सुविधा कानुनले दिएको छ ।

त्यस्तै, सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष र उनीहरूका सचिवालयसमेतलाई गरेर आव ०७६र७७ मा एक करोड १६ लाख ३९ हजार तीन सय ३० रुपैयाँ सकिएको छ ।

बैठकभत्तामा वार्षिक ६ करोड

संघीय संसद्का सांसदलाई विभिन्न बैठकमा उपस्थित भएबापत दिइने भत्तामै एक वर्षमा झन्डै ६ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा बैठकभत्ताबापत पाँच करोड ८७ लाख सात हजार रुपैयाँ खर्च भएको संसद् सचिवालयबाट प्राप्त विवरणमा छ ।

त्यसमध्ये सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले बैठकभत्ताबापत तीन लाख २१ हजार रुपैयाँ लिएका छन् ।

बाँकी पाँच करोड ८३ लाख ८६ हजार रुपैयाँ सांसदले लिएको देखिन्छ ।

यो भत्ता सदन, समितिलगायतका बैठकमा सहभागी भएबापत दिइएको हो । यसमा पारवहन भत्ता पनि जोडिएको हुन्छ । संघीय संसद् तीन सय ३४ सदस्यीय छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्