नेकपा वरिष्ठ नेता खनाल डिस्चार्ज • Image Khabar Image Khabar


नेकपा वरिष्ठ नेता खनाल डिस्चार्ज


Imagekhabar
३० आश्विन २०७७, शुक्रबार १७:५०

नेकपा वरिष्ठ नेता खनाल डिस्चार्ज

काठमाडौं, असोज ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल निको भई शुक्रबार घर फर्किनुभएको छ ।

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका पूर्व प्रधानमन्त्री खनाल शुक्रबार घर फर्किनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्