
काठमाडौं, साउन २ । नेपाल प्रेस युनियनले काठमाडौंमा सन्चारकर्मी र सन्चारकर्मीका परिवारका लागि बुधबार गरेको निःशुल्क स्वास्थ्य शिविरमा २०० बढी सन्चारकर्मीले स्वास्थ्य परीक्षण गराएका छन् ।
सधैं समाचारमा व्यस्त हुँदा सन्चारकर्मीले आफ्नो स्वास्थ्यसमेत परीक्षण गर्न नभ्याउने भएकाले सन्चारकर्मी र तिनका परिवारका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको प्रेस युनियनले जनाएको छ ।
स्वास्थ्य शिविरमा आँखा, नाक, कान, घाँटी, ग्यास्टिक, ब्लडप्रेसर, सुगरलगायतको उपचार गरियो ।
परीक्षणमा आउने अधिकांश सन्चारकर्मी ग्यास्टिक, प्रेसर र सुगरबाट पीडित भएको चिकित्सकले जानकारी दिए ।
हेल्थ होम केयरका चिकित्सकले सन्चारकर्मीका लागि निःशुल्क परीक्षण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्