
चितवन, असोज २८ । चितवनमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्युहुनेमा भरतपुर महानगरपालिका–९ का ९० वर्षीय पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा बुधबार बिहान ९ः३० बजे मृत्यु भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्