४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


प्रहरीमा कोरोना संक्रमित हुनेको संख्या ५ हजार १ सय १० पुग्यो


0
Shares

काठमाडौ । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय १० पुगेको छ ।

जसमध्ये १९ सय ५६ जना उपचार गराइरहेका छन् । ३ हजार १ सय ५४ जना भने डिस्चार्ज भइसकेका छन् ।

प्रहरी प्रधान कार्यालयमै ३४२ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६९२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा ११८ जना, प्रदेश २ मा ८७ जना, वाग्मती प्रदेशमा १५८ जना, गण्डकी प्रदेशमा १९५ जना, लुम्बीनी प्रदेशमा १९१ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।