
म्याग्दी, साउन २ । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल टोड्केको मुख्य उत्पादन मानिएको आलुले टोड्केको पहिचानलाई थप फराकिलो बनाएको छ ।
मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने टोड्केमा वार्षिक दुई सय मुरीभन्दा बढी आलु उत्पादन हुने गर्छ । यहाँको आलु अर्ग्यानिक र स्वादिष्ट भएकाले पनि पर्यटकको पनि आकर्षण बन्न पुगेको छ ।
खन्ने समयमा आलु खरिद गर्न जिल्लाका विभिन्न क्षेत्रबाट मानिस आउने गरेको र आन्तरिक पर्यटकहरुले पनि कोशेलीको रुपमा आलु लैजाने गरेको स्थानीय कृषक थमकुमारी पुनले बताइन् ।
समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित टोड्केमा अरु बाली भने हुँदैन । आलुका लागि पकेट क्षेत्र मानिएको टोड्केमा पर्यटनसँगै कृषि र पशुपालनको पनि प्रचूर सम्भावना रहेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
प्रतिक्रिया दिनुहोस्