 
	    काठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए ।
भेन्टिलेटरको सहायतामा उपचार भइरहेका उनको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
डा.गौतमका अनुसार संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो ।
उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्