Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


भारतलाई फाइनलमा पुग्न २४० रन आवश्यक


0
Shares

काठमाडौं, असार २५ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले २४० रनको चुनौती पाएको छ ।

न्यूजिल्यान्डले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम चुनौती पछ्याइरहेको हो ।

मंगलबार न्यूजिल्यान्डले ४६ ओभर १ बल खेल्दा ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो ।

त्यसपश्चात् वर्षाले खेल हुन नसकेपछि बुधबार बाँकी ओभरबाट न्यूजिल्यान्डले खेल्न थालेको थियो ।

न्यूजिल्यान्डका रोस टेलरले ७४ तथा कप्तान केन विलियमसनले ६७ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए ।

जारी विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छ ।

भारत विश्वकपको दुईपटकको विजेता हो भने न्यूजिल्यान्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासित पराजित भएको थियो ।