तुलसीपुर उपमहानगरका प्रमुख पाण्डेलाई कोरोना संक्रमण • Image Khabar Image Khabar


तुलसीपुर उपमहानगरका प्रमुख पाण्डेलाई कोरोना संक्रमण


Imagekhabar
२२ आश्विन २०७७, बिहीबार २१:०३

तुलसीपुर उपमहानगरका प्रमुख पाण्डेलाई कोरोना संक्रमण

तुलसीपुर, असोज २२ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तुलसीपुरमा बिहीबार मात्रै २१ जनामा सङ्क्रमित थपिएको फोकल पर्सन केसीले बताउनुभयो ।

यसैबीच नगरप्रमुख पाण्डेसहित कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि उपमहानगरपालिका सहित सवै वडा कार्यालय एकसाताका लागि बन्द हुने भएका छन् ।

कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा बिहीबार बसेको आपत्कालीन बैठकले यही असोज २९ गतेसम्मका लागि उपमहानगरपालिकाले प्रदान गदै आएका अत्यन्त आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै कर्मचारीमा कोरोना पुष्टि भएपछि भूमि सुधार तथा मालपोत कार्यालय पनि बन्द गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्