Logo ३० पुस २०८२, बुधबार | Thu Jan 15 2026


कांग्रेस नेताहरुको स्वाब संकलन


0
Shares

काठमाडौं, असोज २२ । आगामी आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसले कोरोना संक्रमण परीक्षणको लागि बिहीबार केन्द्रीय सदस्यलगायतको स्वाब संकलन गरेको छ ।

गत सोमबार तय भएको केन्द्रीय समिति बैठकमा सहभागि हुनको लागि असोज १५ गते गरेको कोरोना परीक्षणमा केही केन्द्रीय सदस्यहरुमा संक्रमण पाइएपछि कन्ट्रयाक्ट टे«सिङमा परेका १सय ५१ जनाको परिक्षणका लागि स्वाब संकलन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यस्तै, केन्द्रीय सदस्यका स्वकिय सचिव र पार्टी कार्यालयका कर्मचारीको पनि स्वाब संकलन गरिएको छ ।

केही केन्द्रीय सदस्यलगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि असोज १९ गते तय भएको केन्द्रीय समितिको बैठक असोज २५ गते बस्नेगरी स्थगित गरिएको थियो ।