Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सिमित : विश्व बैंक


0
Shares

काठमाडौं, असोज २२ । विश्व बैंकले नेपालको आगामी बर्ष को आर्थिक बृद्धिदर शून्य दशमलब ६ प्रतिशत रहने अनुमान गरेको छ ।

बैंकको पछिल्लो दक्षिण एशिया स्तरिय आर्थिक प्रतिवेदनका अनुसार कोभिड र लकडाउनले आर्थिक गतिविधिमा, विशेषगरी पर्यटन क्षेत्रमा पुर्याएको अवरोधका कारण सन् २०२१ मा आर्थिक बृद्धि ०.६ प्रतिशत हुने अनुमान छ ।

सन् २०२० मा त नेपालको आर्थिक बृद्धि शून्य दशमलब २ प्रतिशतमा सिमित रहने बैंकको प्रक्षेपण छ ।

बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटका अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हालसम्मकै शुक्ष्म मन्दीमा डुबेको छ ।

जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एशियालीहरु चरम गरीबीमा धकेलिदैं छन् ।

पछिल्ला पाँचवर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक बृद्धिदर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन सहित यस प्रतिवेदनले दक्षिण एशिया भरी अपेक्षा गरिएको भन्दा निकै तिब्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ ।

सन् २०२१ मा क्षेत्रिय वृद्धि ४ दशमलब ५ प्रतिशत रहने बैंकको अनुमान छ ।