अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा, भाइ सोविक हिरासतमै • Image Khabar Image Khabar


अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा, भाइ सोविक हिरासतमै


Imagekhabar
२२ आश्विन २०७७, बिहीबार १२:०१

अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा, भाइ सोविक हिरासतमै

काठमाडौं । सुशान्त सिंह राजपूतकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले धरौटीमा छाडेको छ ।

ड्रग्सको मुद्दामा केही हप्तादेखि पक्राउ परेकी उनलाई बुधबार अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीसँगै प्रहरी हिरासतमा रहेका भाइ सोविकलाई धरौटीमा छाड्न दर्ता भएको निवेदनलाई भने अदालतले खारेज गरेको छ ।

लागु औषध कारोबार र प्रयोग आरोपमा पक्राउ परेका स्यामुल मिरान्डा र दीपेश सावन्तलाई पनि अदालतले धरौटीमा रिहा गरिदिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । अर्का निवेदक अब्दुल बासितको निवेदन भने खारेज गरिदिएको छ ।

अघिल्लो महिना नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले लागु औषधसम्बन्धी विषयमा जाँचबुझ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

एनसिबीले अदालतमा पेश गरेको जाहेरीमा रिया चक्रवर्ती र उनको भाइ सोविक लागु औषध कारोबारीसँग सम्बन्धित सक्रिय समूहमा आबद्ध रहेको आरोप लगाएको थियो ।

अब मुम्बइबाट बाहिर जानुपर्दा रियाले प्रहरी अधिकारीलाई यसको जानकारी दिनुपर्नेछ भने १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्