१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


हटेनन् अस्थायी कर्मचारी, सरकार यसरी पछि हट्यो


0
Shares

काठमाडौं, साउन २ । मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरुलाई साउन १ देखि कार्यालय नआउन भनेको थियो ।

तर जब हाजिर गर्न नपाएका हजारौं कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए, सरकारको निर्णय एक दिन पनि कार्यान्वयन हुन पाएन । यसरी आन्दोलनमा उत्रिनेमा सबैभन्दा धेरै थिए सवारी चालक ।

उनीहरुलाई हटाउँदा अधिकांश सहसचिवको गाडी नै नचल्ने अवस्था आएपछि सरकार अस्थायी, करार र ज्यालादारीका समेत सबै कर्मचारीलाई असोज मसान्तसम्म काममा फर्काउन बाध्य भएको हो । –कान्तिपुर दैनिकबाट