Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


प्रदेश–२ सरकार आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै


0
Shares

जनकपुरधाम, असार २४ । प्रदेश नम्बर–२ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ ।

उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलको सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित संघीय कोष तथा लेखा नियन्त्रणका प्रमुख डा. वीरेन्द्र मिश्र, नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सञ्जय सरदार सदस्यसचिव रहेका छन् ।

कार्यदललाई बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणापत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ ।

कार्यदलका संयोजक डा. हरिवंश झाले अवधारणापत्रमाथि छलफल सुरु भइसकेको र सम्भवतः यसै साता अन्तिमरूप दिइने बताए । रासस