१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024


नेपालको समृद्धिको लक्ष्य हासिल गर्न जर्मनीको साथ रहने


0
Shares

काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदुत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य ‘समृद्ध नेपाल, खुसी नेपाली’ हांसिल गर्ने नेपाल सरकारको अभियानमा आफ्नो देशको पुरा साथ रहने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा गरेको ‘नेपाल–जर्मन दुई पक्षीय ब्यापार तथा लगानी’ बिषयक अन्तरक्रियामा उहाँले उक्त प्रविवद्धता व्यक्त गरेका हुन् । 

ब्यापारबाटै संसारका देशहरुले समृद्धीको सपना पुरा गरेको भन्दै नेपाल पनि त्यो बाटोमा हिड्नुपर्ने उनले सुझाए ।

नेपालको नयाँ संरचना अनुसार व्यवस्था गरिएको अधिकारको विकेन्द्रीकरणको मोडेलमा नेपालको ब्यापार–व्यवसाय अघि बढेमा नेपालले तिब्र रुपमा बिकासको लक्ष्य हाँशिल गर्ने उनको विश्वास थियो ।

चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जर्मन लगानी भित्र्याउने अहिल सहि समय रहेको बताए ।

नेपालको प्रबिधि, शिक्षा र पर्यटनको क्षेत्रमा जर्मनीले महत्वपूर्ण योगदान दिएको भन्दै उनले नेपालको ब्यापार–व्यवसायको प्रबर्धनको लागि आउदा दिनमा पनि जर्मन सहयोग महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।