१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


कांग्रेसद्वारा बाढीपहिरो प्रभावितलाई ४६ लाख रुपैंयाँ बराबरको राहत हस्तान्तरण


0
Shares

बाग्लुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले बाढीपहिरो प्रभावित परिवारलाई नगदसहित राहत सामग्री प्रदान गरेको छ ।

बाढीपहिरो ग्रस्त क्षेत्रमै पुगेर ४६ लाख रुपैया बराबरको राहत हस्तान्तरण गरिएको कांगेस्र बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुमार कुँवरले जानकारी दिनुभयो ।

बाढीपहिरोमा ज्यान गुमाएका परिवार, घाइते र घरबारविहीन बनेका परिवारलाई राहत उपलब्ध गराइएको हो ।

राहत अभियानमा कांग्रेसका नेता, कार्यकर्तालगायत देश–विदेशमा रहेका शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका थिए ।

कांग्रेसले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाका बाढी पीडितलाई ४० लाख र अन्य प्रभावित ५ पालिकामा ६ लाख गरी ४६ लाख रुपैया बराबरको राहत वितरण गरेको क्षेत्रीय सभापति कुँवरले बताउनुभयो ।

पार्टीले पीडित परिवारलाई घर निर्माणको लागि जस्तापाता, खाद्यान्न सामाग्री मृतक र बेपत्ता ३७ जनाका परिवारलाई सात हजारका दरले सहयोग उपलब्ध गराएको थियो ।

ढोरपाटनमा घरबास गुमाएका ७९ परिवारलाई १८ वटाका दरले रङ्गीन जस्तापाता सहित खाद्यान्न र नगद वितरण गरेको जिल्ला सभापति दिपेन्द्र थापाले जानकारी दिनुभयो ।