२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार


0
Shares

ललितपुर । ललितपुरको महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएका छन् ।

डाँका मुद्दाका दुई र एक जना लागूऔषधका अभियुक्त गएराति फरार भएका हुन् । हिरासत कक्षको ग्रिल उप्काएर उनीहरु भागेका हुन् ।

उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । थुनुवाहरुलाई जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभाव भएका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो ।

फरार भएकाहरुको खोजी भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकले जानकारी दिए ।

उपत्यकाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरेर उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।