२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


अनलाइन प्रणालीले पनि थेगेन शेयर बजार


0
Shares

काठमाडौं । अनलाइन प्रणालीले पनि शेयर बजार थेगेन । लगानीकर्ताले लामो समयदेखि प्रतिक्षा गरेको अनलाइन प्रणाली कार्यान्वयनमा आएको दिन आइतबार पनि बजार ऋणात्मक रह्यो ।

नेप्सेले लगानीकर्ताले ब्रोकरकहाँबाट युजर नेम र पासवर्ड लिएर कारोबारको यथार्थ विवरण हेर्नमिल्ने प्रणालीको परिक्षण शुरुवात गरेको हो ।

आर्थिक बर्ष २०७५/०७६ को पहिलो दिन आइतबार पनि नेप्से ८ अंकले ओरालो लागेर १२ सय ४ मा आएर थामियो ।

कारोबार पनि औसत दिनका तुलनामा न्यून नै रह्यो । अन्य, वित्त र व्यापार समूह झिनो अंकले हरियो रहे बाहेक अरु समूह ओरालो लागे ।

यस दिन देखि नेप्सेले निर्जीबन बीमा र जीवन बीकाको समूह छुट्याउन शुरु गरेको छ ।

निर्जीवन बीमा समूह सबैभन्दा उच्च ८७ अंकले झर्यो । जीवन बीमा समूह पनि ७४ अंकले ओरालो लाग्यो ।

होटल समूहमा ५३ अंक, जलविद्युत समूहमा ३९ अंक अनि उत्पादनमूलक समूहमा पनि ३५ अंकको कमी आयो ।

लघुवित्त समूहमा पनि दोहोरो अंकले कमी आउँदा विकास बैंक र वाणिज्य बैंक समूह सामान्य अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीको ५ लाख १४ हजार कित्ता शेयर जम्मा २० करोड ६० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।