गोरु मारेर मासु खाने चारजना पक्राउ • Image Khabar Image Khabar


गोरु मारेर मासु खाने चारजना पक्राउ


Imagekhabar
२० आश्विन २०७७, मंगलवार २०:०१

गोरु मारेर मासु खाने चारजना पक्राउ

पाँचथर, असोज २० । पाँचथरमा गोरु मारेर मासु खाएको अभियोगमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको कुम्मायक ३ का राईप्रसाद लिम्बु सम्हाम्फे, कुम्मायक ४ का वीरबहादुर तामाङ, कुम्मायक ४ की टेकमाँया तामाङ, कुम्मायक ४ का सुवास खजुम रहेका छन् ।

गाउँको एक जंगलमा गोरु मारेर खाएको आरोपमा उनीहरुलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पक्राउ परेका सबैलाई एक हप्ता म्याद्ध थप गरि अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्