
काठमाडौं, असार २३ । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाइ ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाइ ठगी गर्ने चितवनकी टिनु घिमिरे पन्त, काठमाडौंकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामालाई सोमबार पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले नक्कली सुनलाई सक्कली भनी ठगी गरेकाले बिस्कुट आकारको नक्कली सुनसहित पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्