विद्युत विस्तार नहुदै सुर्योदय नगरपालिका झिलिमिली • Image Khabar Image Khabar


विद्युत विस्तार नहुदै सुर्योदय नगरपालिका झिलिमिली


Imagekhabar
२० आश्विन २०७७, मंगलवार १५:३७

विद्युत विस्तार नहुदै सुर्योदय नगरपालिका झिलिमिली

इलाम, असोज २० । इलामको सूर्योदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेको टोलमा सौर्यबत्ती जडान गरिदिएको छ ।

सूर्योदय नगरपालिका १३ खानेभन्जाड गेवाटारका ११ घरमा नगरपालिकाले सौर्यबत्ती जडान गरिदिएको हो ।

स्थानीयको लगानी बिना नै नगरपालिकाले आज घरमै गएर सौर्यबत्ती जडान गरिदिएको हो ।

सौर्यबत्ती जडान भएपछि बस्ती झिलिमिली भएको छ ।

नगरप्रमुख रणबहादुर राईले उज्याले इलाम कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गरिएको जानकारी दिनुभयो ।

विकट स्थान भएकाले त्यस ठाउँमा केन्द्रीय प्रशारणको विद्युत विस्तार हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्