 
	    काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
दुबईमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।
उसका लागि मार्कस स्टोनिसले अविजित ५३ रन जोड्दा पृथ्वी शले ४२ रनको योगदान गरे । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए ।
दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्रै बनाउन सक्यो ।
बैंगलोरका कप्तान विराट कोहलीले ४३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बैंग्लारलाई हराउन दिल्लीका कागिसो राबडाले ४ विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट ६–६ अंक जोडेका मुम्बई र बैंगलोर क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।
आईपिएल क्रिकेटमा आज मुम्बई इण्डीयन्सले राजस्थान रोयल्ससँग खेल्नेछ । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्