Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा


0
Shares

काठमाडौं, असार २३ । एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । 

नेपालले १५ ओभर पाँच बलमा तीन विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि भीम सार्कीले अविजित ३३ र रोहितकुमार मण्डलले अविजित ३१ रन बनाए । 

यसअघि नेपालका सागर ढकालले तीन र कुशल मल्लले दुई विकेट लिएको खेलमा मसेसियाले ४० दशमलव ५ ओभरमा अल आउट हुँदै ८७ रन बनाएको थियो । 

समूह चरणका दुवै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । उता, मलेसिया भने समूहका ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो । 

प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा सिंगापुर र हङकङ भिडिरहेका छन् । सो खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ ।