Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


प्रदेश ५को राजधानी सार्ने प्रस्ताव आपत्तिजनक छ, बुटवल नै यथावत हुनुपर्छ: नेता खाँड


0
Shares

काठमाडौं । कांग्रेस नेता बालकृष्ण खाँडले प्रदेश ५ सरकारले विशेष समिति र विज्ञहरुको सल्लाह सुझावलाई पन्छाएर नयाँ ठाउँमा षडयन्त्रपूर्वक रुपले राजधानी सार्ने प्रस्तावप्रति आपत्ति जनाउँदै शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी हुन आब्हान गर्नुभएको छ ।

सोमबार एक विज्ञप्तिमार्फत उहाँले प्रस्ताव सच्याउन शान्तिपूर्ण कार्यक्रममा सहभागी नागरिकलाई तानशाही ढंगले धरपकड गर्ने कार्यप्रति खेद प्रकट गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘शान्तिपूर्ण रुपमा आन्दोलनमा सहभागी आन्दोलनकारीलाई दमन, धरपकड र गिरफ्तारी नगर्न र गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहा गर्न माग गर्दछु ।’

साथै नेता खाँडले प्रदेश सरकारले राजनीतिक पूर्वाग्रह राखी राजधानी सार्न खोज्नु त्यस क्षेत्रका नागरिकको भावना विपरित भएको भन्दै निषेधाज्ञा जारी गरी जबरजस्ती प्रस्ताव पास गर्ने कार्यलाई स्थगन गरी बुटवललाई नै यथावत राख्न माग गर्नुभएको छ ।