काठमाडौं । अल्जेरिया र माडागास्कर अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा गिनियालाई ३–० ले हराउँदै अल्जेरिया क्वाटरफाइनलमा पुगेको हो ।
अल्जेरियालाई विजयी गराउन रियाद माहारेज, योसुफ बिलाईली र एडम औनासले एक एक गोल गरे ।
राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा प्रजातान्त्रिक गणतन्त्र कंगोलाई टाई ब्रेकरमा हराउँदै माडागास्कर पहिलो पटक प्रतियोगिताको क्वाटरफाइनलमा पगेको छ ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रकेरमा पुगेको हो । टाई ब्रकेरमा माडागास्कर ४–२ ले विजयी भयो ।








प्रतिक्रिया दिनुहोस्