Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


विज्ञापन बोर्ड तत्काल गठन गर्न मिडिया एलायन्ससहितका संस्थाहरुको माग


0
Shares

काठमाडौं, असोज १९ । विज्ञापन नियमन गर्ने ऐन २०७६ तत्काल कार्यान्वयन गर्दै विज्ञापन बोर्ड गठन गर्न नेपालका विभिन्न मिडिया सम्बद्ध संस्थाहरुले माग गरेका छन् ।

मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल आनको आइतबार बसेको संयुक्त बैठकले विज्ञापन ऐन कार्यान्वयनमा सरकारले उदासिनता देखाएको भन्दै तत्काल व्यावसायीक व्यक्तिको संलग्नतामा विज्ञापन बोर्ड गठन गर्न माग गरेको हो ।

साथै बैठकले उक्त ऐन राष्ट्र, राष्ट्रियता र संस्कृतिको जगेर्नाका साथै नेपाली मिडिया उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने निष्कर्ष समेत निकालेको छ ।

बैठकले नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका मागको तत्काल सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

तोकिएकै मितिमा क्लीन फिडको व्यवस्था लागु गर्न समेत बैठकले सरकारलाई सचेत गराएको छ ।

साथै प्रशारणका क्षेत्रमा संलग्न कार्यक्रम उत्पादन कम्पनी, म्यूजिक रेकर्डिंग कम्पनी, प्रशारणमा संलग्न रेडियो, टेलिभिजन र इन्टरनेट माध्यम तथा वितरणमा संलग्न केवल अपरेटर, इन्टरनेट सर्भिस प्रोभाइडर, इन्टरनेट टेलिभिजन तथा रेडियो सञ्चालक तथा वितरकलाई समेत समेट्ने गरी छुट्टै प्रशारण प्राधिकरण गठन गरी सो मार्फत् नियमनको व्यवस्था गर्न पनि भनिएको छ ।