फूलपातीको दिन रिलिज हुने ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक • Image Khabar Image Khabar


फूलपातीको दिन रिलिज हुने ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक


Imagekhabar
१९ आश्विन २०७७, सोमबार १०:३९

फूलपातीको दिन रिलिज हुने ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ७ गते फूलपातीको दिन रिलिजको घोषणा गर्दै फिल्म ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक भएको छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्मका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायत फिचर्ड छन् ।

समिर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ ।

फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् ।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्