त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते • Image Khabar Image Khabar


त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते


Imagekhabar
१७ आश्विन २०७७, शनिबार १०:२४

त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते

काठमाडौं । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ आउँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे करिब ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो ।

ट्रकको आधा भाग डुबेको अवस्थामा रहेको जनाइएको छ । दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्