२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भालुबाङ्गलाई प्रदेश राजधानी बनाउने प्रस्तावविरुद्ध कपिलवस्तुमा प्रदर्शन


13
Shares

कपिलबस्तु । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङ्गको भालुबाङ्गलाई बनाउन प्रस्ताव गरेसगै कपिलवस्तुमा आन्दोलन शुरु भएको छ ।

बुद्धकालिन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थल कपिलवस्तुलाई प्रदेश ५ को राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवामा बिरोध जुलुश निकालिएको छ ।

प्रदर्शनमा सहभागीले कपिलवस्तु प्रदेशका सबै जिल्लाको पायक पर्ने स्थान रहेको, ऐतिहासिक महत्व बोकेको गौतम बुद्धको पिताको राजधानीस्थल भएकाले प्रदेश सरकारले गरेको प्रस्ताव फिर्ता लिई कपिलवस्तुलाई प्रदेश ५ को राजधानी बनाउनु पर्ने माग राखेका छन् ।